काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।