२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

गीतकार अधिकारीका तीन कृति सार्वजनिक

Nada
२०८१ असार २६ गते १२:२७
Shares
गीतकार अधिकारीका तीन कृति सार्वजनिक

काठमाडौं : प्रख्यात ज्योतिष पण्डित तथा गीतकार डा. रुद्रनाथ अधिकारीका तीन वटा गीति कृति एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा काठमाडौंमा सार्वजनिक गरिएको कृतिहरुमा 'बुझ मायालु यसपालिको तीजमा' र 'यस्तै रहेछ भाग्य' गीत रहेका छन् ।

ncell

कार्यक्रममा उक्त गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । नेपाली सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, गीतकार चुडामणि देवकोटा, गीतकार आनन्द अधिकारी, कवि गीतकार विश्व वल्लभ, गीतकार संघका अध्यक्ष वशन्त वित्यासी थापा, चर्चित निर्देशक कृण्णदेव रुपाखेतीलगायतका वक्ताहरुले गीतकार अधिकारीका कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा गीतकार अधिकारीले गीति लेखन र समग्र नेपाली गीत संगीतकोबारेमा अनुभवहरु बाडेका थिए । प्रमोद खरेल, शान्तिश्री परियारलगायतका गायक गायिकाको स्वरमा तयार परिएको कृति निर्देशक कृण्णदेव रुपाखेतीले निर्देशन गरेका थिए ।

वि.सं. २०२५ सालमा लमजुङ जिल्लामा पिता पण्डित तेजप्रसाद अधिकारी र माता त्यागी माया अधिकारीको कोखबाट जन्मिएका डा. अधिकारी सानैदेखि बहुप्रतिभाशाली थिए । सामाजिक, राजनितिक, धार्मिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएका पण्डित डा. अधिकारी विभिन्न मानसम्मानबाट सम्मानित भइसकेका छन् ।

ज्योषित विज्ञानमा विद्यावारिधि गरेर प्रख्यात बनेका डा. अधिकारी संयुक्त राष्ट्रसंघदेखि भारतीय सेनामा कमिसन अधिकृत पनि भएका थिए । उनका कृतिमा सामाजिक सन्देश र शिक्षामुलक खोज अनुसन्धान पाइन्छ । डा. अधिकारीका दुई दर्जन बढी गीतमा विभिन्न चर्चित गायक गायिकाले स्वर प्रदान गरिसकेका छन् ।


ताजा खबर

सम्बन्धित खबर