नारायण पंगेनी/मध्यान्ह
पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । मंगलबार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३० हजार पुगेको हो । गण्डकी प्रदेशमा मंगलबार ९ सय ५९ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
मंगलबार कोरोना पुष्टि हुनेमा कास्कीका ४१७, बागलुङका १२३, तनहुँका ११२, स्याङ्जाका ६, नवलपुरका ७६, पर्वतका ७४, गोरखाका ३५, म्याग्दीका २७, लमजुङका २ र मुस्ताङका १ जना छन् ।
एकै दिन थप १५ जनाको मृत्यु
गण्डकी प्रदेशमा मंगलबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलबारको पछिल्लो विवरणअनुसार बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २÷२, पर्वत, स्याङ्जा र गुल्मीका १÷१ जनाको मृत्यु भएको छ । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ ।
चार सय २९ जना संक्रमणमुक्त
निर्देशनालयका अनुसार मंगलबार ४ सय २९ जना संमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये २० हजार ३९८ जना संक्रमणमुक्त भएको निर्देशक डा. शर्माले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies