२०८२ जेठ २८ गते बुधवार / Jun 11 , 2025 , Wednesday
२०८२ जेठ २८ गते बुधवार
Ads

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

मध्यान्ह
२०८२ जेठ २७ गते १०:०७
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा रौतहट परोहा घर भएका हाल काठमाडौँ महानगरपालिका-२२ बस्ने ३५ वर्षीय हरि कृष्ण ठाकुर, नवलपरासी पूर्व कावासोती घर भएकी हाल काठमाडौँ ललितपुरमा बस्ने ४१ वर्षीया रिना गुरौ र काभ्रे पाँचखाल घर भएको काठमाडौँ नागार्जुनका बस्दै आएको ५५ वर्षीय कविराज सिपखान रहेका छन् । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

पक्राउ मध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

ADV

सम्बन्धित खबर