२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

वैदेशिक रोजगारीका नाममा ठग्ने ४ पक्राउ

Nada
२०८२ जेठ २८ गते २२:३२
Shares
वैदेशिक रोजगारीका नाममा ठग्ने ४ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–४ घर भएका ६० वर्षीय लक्ष्मण चापागाईं, काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ घर भएका ३९ वर्षीय अशोक मण्डल, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ घर भएका २० वर्षीय बाल सुन्दर भारती र काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भएका २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् । 

पक्राउ परेकामध्ये लक्ष्मणले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १४ हजार रुपैयाँ, अशोकले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ६ लाख रुपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ र चण्डिकाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ लिइ सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लक्ष्मणलाई काठमाडौंको टेकुबाट र अशोकलाई काठमाडौंको गौशालाबाट मंगलबार तथा बाल सुन्दरलाई काठमाडौंको न्युरोडबाट र चण्डिकालाई काठमाडौंको गौशालाबाट सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर