२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

टर्किएद्वारा २७३ आप्रवासी तस्कर पक्राउ

मध्यान्ह
२०८२ जेठ २९ गते ११:३३
टर्किएद्वारा २७३ आप्रवासी तस्कर पक्राउ

काठमाडौंः टर्किएले मानव बेचबिखन र अवैध सीमा पार गर्ने कार्यलाई लक्षित गरी गरेको कारबाहीमा विगत दुई हप्तामा २ सय ७३ आप्रवासी तस्करीहरुलाई पक्राउ गरेको छ । साथै १ हजार २२ अनियमित आप्रवासीहरूलाई पक्राउ गरेको जनाएको छ । 

गृहमन्त्री अली येर्लिकायाले ५१ प्रान्तहरूमा अपरेशन गरिएपछि पक्राउ परेका ९८ जनालाई औपचारिक रूपमा पक्राउ गरिएको छ । जबकि बाँकी संदिग्धहरूको कानुनी कारबाही जारी छ । 

अपरेशनको क्रममा पक्राउ परेका अनियमित आप्रवासीहरूको लागि निर्वासन प्रक्रिया सुरु गरिएको छ । राष्ट्रपतिको सञ्चार निर्देशनालयको तथ्याङ्कअनुसार टर्किएमा हाल ४० लाखभन्दा बढी आप्रवासीहरूलाई छन् । जसमध्ये अधिकांश सिरियालीहरू छन् । एजेन्सी

ADV

ताजा खबर

सम्बन्धित खबर