२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

यूएईमा घरेलु कामदार पठाउने सम्बन्धमा अध्ययन गर्न तीन संसदीय उपसमिति गठन

shivam cement
२०८२ जेठ ३० गते १३:०१
Shares
यूएईमा घरेलु कामदार पठाउने सम्बन्धमा अध्ययन गर्न तीन संसदीय उपसमिति गठन

काठमाडौंः द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (यूएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो । समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुनेगरी गठन गरिएको जानकारी दिए ।

उनकाअनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने भएको छ । सभापति खानले भने, ‘घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको पनि धारणा लिनुपर्ने कुराहरु भएको छ । घरेलु कामदारहरुको सम्बन्धमा तीन वटा उपसंसदीय गठन गरिएको छ । आज नै लिखित निर्णय आउँछ । उपसमितिको संयोजक चाहिँ बैठक बसेर तय गर्ने भएको छ ।’

समितिको शुक्रबारको बैठकले द्विपक्षीय श्रम सम्झौता भएको मुलुक यूएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।

सम्बन्धित खबर