-डा. हेमराज कोइराला
कागती हिमाल, पहाड, तराई जहाँतहिँ पनि पाईने फल हो । अमिलो वर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ । अचार, तरकारी दाल सर्वतलगायत अन्य थप्रै परिकारको गहनाको रूपमा परिचित यो फलले स्वास्थ्यको दृष्टिले विशेष महत्व राख्दछ । कागती भिटामिन ‘सी’ को उपुक्त र सर्वसुलभ स्रोत हो । यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँदछ । कागतीमा भयको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ । रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपुर्ण भूमिका खेल्दछ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।
के–के हुन्छ फाइदा ?
१ . कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँदछ ।
२. कागती स्वादमा अमिलो भएपनि यसको अमीलोले शरीरलाई कुनै हानी गर्दैन । कागती पानी को नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो–आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ । कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।
४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।
५ . कागती पानीले पाचन क्रियालाइ पनि मजबुत वनाउन सहयोग गर्दछ ।
६ . कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।
७ . कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्याउँदछ ।
९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका खेल्ने गर्दछ ।
१० . कागतीले युरिक एसिडलाई समन गर्न मद्धत गर्दछ ।
११. कगतिले रक्ताचाप नियन्त्रण गर्न मद्धत गर्दछ ।
१२ . कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
१३ हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्दछ ।
१४. कागती पानीको नियमित सेवनले बढेको तौल घटाउन पनि मद्दत गर्दछ ।
१५. छालाका दाग धब्बा हटायर छाला लाइ चम्किलो बनाउँदछ ।
१६. मुखको दुर्गन्ध नाश गर्दछ । छालालाई चम्किलो बनाउँदछ ।
१७. असमायिक बुढ्यौली हुन दिँदैन ।
१८. कलेजो, मृगौला र रगतलाई सफा गर्दछ ।
१९. पिएको केही समयमानै शक्ति प्रदान गर्दछ ।
२०. तनाब, चिन्ता र उदाशिनता कम गर्न मदत गर्दछ ।
(लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुरका मेडिकल डाइरेक्टर हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies