– रन्जना पराजुली लम्साल, काठमाडौ
सुशोभित फुल अनि थालीभरी टीका छन्,
मन्दिर बाहिर भक्त भित्र देवता फिका छन् !
यस्तो हुनु खै कुन जन्मको पाप कुन्नी,
त्रासैत्रासका आँखामा आँशुका ढिका छन् !!
भन्नलाई भनिन्छ यहाँ साहित्य भित्र मेल हुन्छ,
गराइमा अनर्थ पारी त्यसमा चलखेल हुन्छ !
बोल्नेको पिठो बिकि नबोल्नेको चामल जस्तै,
भावनामा डुबेको अक्षर यहाँ ओझेल हुन्छ !!
कोरोनाले भित्रै बस् भन्छ बाहिर घुम्लास्,
भित्र बसे भुकम्पले भन्छ सिधै माथी जालास् !
कसो गरे सहि हो हे प्रभु भनी सोध्दा,
प्रभु भन्छन् जस्तो कर्म उस्तै नै फल खालास् !!
मानवताले भरिएको मनको चाहिँ टुंगो होस्,
शुद्ध मनले चढाउने एउटा फुलको थुंगो होस् !
किन जानू चारधाम पैसा खर्च गरि गरि,
देवता मानी पुज्न बस् चोखो एउटा ढुंगो होस् !!
मिठो बोली जुधाई आँखा माया लाग्ने बनायौ ,
भोक नलाग्ने दिनमा रातमा जाग्ने बनायौ !
भयौ तिमी मेरो लागि ढुंगाको मुर्ती सरह ,
मन मुटु अन्तै दिई मलाई माग्ने बनायौ !!
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies