काठमाडौं : हेल्थ नेपाल स्पोट्र्स क्लबले वरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं प्याराडाइज इन्टरनेशनल प्रालीका अध्यक्ष नवराज केसीलाई सम्मान गरेको छ । ८ जेठदेखि १८ जेठसम्म पोखरामा भएको भलिबल प्रतियोगितामा क्लबलाई आर्थिक तथा अन्य सहयोग गरी हौसला बढाएको भन्दै क्लबले व्यवसायी केसीलाई कदर स्वरूप सम्मान गरेको हो ।
शुक्रबार प्याराडाइज इन्टरनेशनलको ललितपुर बखुण्डोलस्थित कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा क्लबका अध्यक्ष वासुदेव श्रेष्ठले व्यवसायी केसीलाई सम्मानपत्र प्रदान गरे । उक्त राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि हेल्थ नेपाल स्पोट्र्स क्लबले जितेको थियो ।
क्लबका अध्यक्ष श्रेष्ठले क्लबले प्रतियोगिताको उपाधि हासिल गर्न प्याराडाइज इन्टरनेशनको सहयोग र समर्थनको क्लबले उच्च मूल्यांकन गरेको पनि बताए ।
प्रशंसा तथा सम्मान प्रमाणपत्रमा क्लबले भनेको छ, ‘हामी तपाईंको उदार प्रायोजन र टिपटप हेल्प नेपाल स्पोट्र्स क्लवप्रतिको अटल समर्थनको सम्मानमा यो प्रमाणपत्र गर्वका साथ प्रस्तुत गर्दछौं, जसले हामीलाई २२ मे देखि २९, २०२५ सम्म गण्डकी प्रदेशको कास्कीको पोखरा रंगशालामा आयोजित राष्ट्रिय पुरुष भलिबल लिग २०८२ मा प्रथम स्थान हासिल गर्न सफल बनायो ।’
राष्ट्रिय पुरुष भलिबल लिग २०८२ मा प्रथम स्थान हासिल गर्न सफल टिमले १४ देखि २० जुलाई २०२५ सम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुने काभा पुरुष च्याम्पियन्स लिग २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने छ । अध्यक्ष श्रेष्ठले उक्त प्रतियोगिताको जितले क्लबलाई प्रतिष्ठित एसियाली क्लब च्याम्पियनशिप २०२६ को लागि छनोट गरेको बताए ।
त्यसअवसरमा प्रालीका अध्यक्ष केसीले आफ्नो कम्पनीले वेरोजगार युवायुवतीलाई विदेशमा रोजगारी दिलाउनुका साथै दैवीप्रकोप पीडितहरूलाई राहतका साथसाथै खेलकुद, कला, संस्कृति जस्ता सामाजिक कार्यमा निरन्तर सहयोग गरिरहेको बताए ।
हेल्थ नेपाल स्पोट्र्स क्लबको जितले आफूलाई अत्यन्तै खुशी तुल्याएको भन्दै खेलकुद क्षेत्रमा क्लबले भविष्यमा भागलिने प्रतियोगिताहरूमा कम्पनीको तर्फबाट सामथ्र्यले भ्याएसम्म निरन्तर सहयोग रहने प्रतिवद्वता पनि उनले जनाए ।
क्लबले निकट भविष्यमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता गर्ने सोच बनाएको जानकारी दिँदै क्लबका अध्यक्ष श्रेष्ठले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मान्यता अनुसार खेलकुदका माध्यमबाट आपसी भाइचारा सम्बन्धको विकास र राष्ट्रका लागि स्वस्थ जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरे ।
त्यसअवसरमा क्लबका महासचिव अनिन कुमार श्रेष्ठ तथा उपाध्यक्ष बासु पुडासैनी लगायतको उपस्थिति थियो ।