२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

सिटिजन्सले ल्यायो ‘डिजिटल लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’

shivam cement
मध्यान्ह
२०८२ असार ११ गते २२:१७
सिटिजन्सले ल्यायो ‘डिजिटल लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकहरूको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्ने जनाइएको छ ।

यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा दुई लाख रुपैयाँ सम्म (कम्तीमा ५ हजार रुपैयाँ देखि) ऋण लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन ।

सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोगमार्फत् आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise