२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

बागमती प्रदेश सभामा बजेटमाथि छलफल

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते ०८:३१
बागमती प्रदेश सभामा बजेटमाथि छलफल

काठमाडौँ : बिहिवार बागमती प्रदेश सभाको बैठक बस्ने भएको छ । 

बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने   प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ। साथै बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन्।

बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेटमा चालु खर्चतर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ०३ करोड (६१.४ प्रतिशत) विनियोजन गरिएको छ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise