२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

गण्डकी प्रदेश सभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते ११:१८
गण्डकी प्रदेश सभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

गण्डकी : गण्डकी प्रदेश सभामा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ ।

प्रदेश सभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपांगी मगरले जानकारी दिए ।

वटा मन्त्रालयका मन्त्रीले आज र बाँकीले शुक्रबारको बैठकमा जवाफ दिने उनले बताए । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेश सभामा छलफल सुरू भएको थियो । 

बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेट पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise