काठमाडौं÷मस– हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक र अन्तरक्रिया गरेको छ । कम्पनीका अनुसार कार्यक्रम अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ ।
ग्राहक वर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको बताएको छ ।
नयाँ क्रेटा ईभी को आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । हुन्डाई नेपालले देशमै क्रेटा आइसी, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आइस दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीको दाबी रहेको छ ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङको नेटवर्क विस्तार गरिरहेको जनाएको छ । जस अन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा रिल्याक्स डिसी एसी ६६ चार्जर सुचारु भइसकेको छ ।