दाङ: दाङमा प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीय मेघराज पुन मगर रहेको प्रहरीले बताएको छ ।
स्थानीय तिलकन्या सामुदायिक वनमा शिकार खेल्ने गइरहेका बेला मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । शिकार खेल्न पुगको गोप्य सूचनाका आधारमा तुल्सीपुर इलाका प्रहरी कार्यालय र गोल्टाकुटी प्रहरी चौकीको संयुक्त टोलीले पुन मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies