२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कथा : परिणाम

shivam cement
२०८१ असार २९ गते ०६:३५
Shares
कथा : परिणाम

–ओम बस्नेत

“बधाई छ भाइ तपाईँको छोरी भयो ।”

नर्सले दिपकलाई खुश खबरी सुनाइन । तर, उसको निम्ति यो खुसीको खबर थिएन र पनि शिष्टाचार निभाउन मात्र “धन्यवाद सिस्टर” भन्यो ।

अब उसलाई पिर पर्नु थाल्यो घरमा आमालाई के भन्ने ? नाति हेर्ने इच्छा लिएर बसेकी छन् । तीन वटी छोरी–छोरी भए अब । पहिलेबाटै घरमा जमल्या छोरीहरू छन् गंगा र जमुना दुई वर्षका ।

यसपालि त छोरो हुन्छ भनेर ठुलो आस थियो दिपक र आशालाई ।

एकातिर आमाले दिएको आशीर्वाद पनि त्यसै खेरो गई रहेको महसुस गर्‍यो ।

“खोइ यसपालि त नातिको मुख हेर्न पाउँछु होला” भनेर टिका लगाई दिएकी थिइन दसैँमा । यो सब कुराले खाई रहेको थियो दिपकलाई ।

छोरीहरूको परवरिस र पढाइमा भने कुनै कसर छोडेका थिएनन् दिपकका परिवारले । बढाई सँगसँगै पढाई पनि अव्वल थियो तीनै जना छोरीहरूको ।

दैनिक रूपमा कामबाट घर पुगे दिपक तर, त्यो दिन उसको घरमा खुट्टा टेक्ने ठाउँ थिएन । उसलाई डर लाग्यो र छिटो–छिटो पाइला चाल्यो । आमाले ब्लड प्रेसरको दबाई सक्यो भनेको याद आयो उसलाई । 

भीडबाट कसैले भने, “उ छोरीको बाबा पनि आई पुगे ।”

“के भयो मेरो छोरीलाई ?” भन्दै आँगनमा पुग्यो ।

उ छक्क पर्‍यो । दश÷बाह्र वटा क्यामेरा उ पट्टी खन्न्यो । 

“के भयो मैले त केही बुझेको छैन” भन्यो । आमालाई हेर्‍यो आमाको अनुहारमा चमक र खुसीयाली झल्कीरहेको देख्यो ।

“मेरी नातिनीको रिजेल आयो दशमा फास भइछ” भनेर सरस्वतीलाई अङ्गाली रहेकी थिइन आमाले ।

“दसवीं का रिजल्ट आज निकला है और आपकी बेटी ने सौ प्रतिसत अंक प्राप्त करके सीबीएससी टप्पर बन गई है तो इसमें आपका क्या कहना है ?” रिपोर्टरले एकै सासमा सोध्यो ।

दिपकले खुसीको आँसु रोक्न सकेन । छोरीलाई समातेर गर्वले रोयो । आशाको मुखमा हेर्‍यो । उसको खुसीको आँसु बगिरहेको देख्यो । गंगा र जमुना त्यस्तै खुसी थिए ।

सबै आगन्तुकहरूलाई चिया पानी गराउँदै थिए ।

“मैं बहुत खुश हूँ” भन्यो टिभीको माइक समातेर ।

अन्तमा सरस्वतीलाई मीडियाले सोध्यो ।

“अच्छा तो सरस्वती तुम्हारी इस उपलब्धी के लिए किसको श्रेय देना चाहती हो ?”

उसले बताई, “सबसे पहले मेरे माता पिता और दादी को धन्यवाद देना चाहती हु । इनका प्यार और हौसला ना मिलता तो सायद ये मुकाम हासिल नही कर पाती । मेरे दो बेहेन गंगा और जमुना ने साथ न दिया होता तो सायद आज ये खुसी का दिन नही आता । मेरे गुरुजनों का मेहनत का भी उतना ही योगदान है ।” सरस्वतीको बोलीमा मिठास र हिन्दी भाषामा पकड राम्रो रहेछ ।

राष्ट्रिय टेलिभिजनमा खबर प्रसारण भयो । भोलिपल्ट सबै दैनिक पेपरहरूमा उसको परिवार कै फोटो छापिएछ । हजुर आमा बिहानैदेखि फोनमा व्यस्त थिइन आखिर टेलिभिजनमा उनले पनि बोलेको थिइन । सबलाई सोधी रहेकी थिइन “मैले कस्तो बोलेँ हाँ ?” भनेर ।

सम्बन्धित खबर