२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

करेन्ट लागेर एक बालकको मृत्यु

shivam cement
२०८२ साउन १७ गते १९:०८
Shares
करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी : करेन्ट लागेर आज यहाँ एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ । 

आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका किरणले  नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर