२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

धुर्कापानीको 'दिनमा पनि, रातमा पनि'

shivam cement
मध्यान्ह
२०८२ साउन १७ गते १९:४१
धुर्कापानीको 'दिनमा पनि, रातमा पनि'

काठमाडौं : गीतकार तथा गजलकार डा. तारानाथ घिमिरे 'धुर्कापानी'को नयाँ गीत 'दिनमा पनि, रातमा पनि' सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा साहित्यकार डा. नवराज लम्साल, डा. विष्णु दाहाल, संगीतकार राजु सिंहलगायतले गीतको भिडियो सार्वजनिक गरे ।

विष्णु अधिकारीको संगीत र स्वर रहेको गीतमाथि डा. गीता त्रिपाठी, डा. विष्णु दाहालले बोलेका थिए । उनीहरूले गीत मार्मिक रहेको र गीतले दु:खको कथा भनेको बताए । प्रेम, जीवन र प्रेमका दुखद् पक्ष गीतमा आएकाले मार्मिक बनेको वक्ताहरूको टिप्पणी थियो । गीतकार धुर्कापानीले नेपाली सुगम संगीतमा केही गरौं भन्ने हुटहुटीले गीत तयार पारेको सुनाए ।

प्रमुख अतिथि डा. नवराज लम्सालले नेपाली सुगम संगीतको सुधार, परिष्कार र स्तरीयता आवश्यक रहेको बताउँदै धुर्कापानीको प्रस्तुत गीतको सफलताको कामना गरे । उनले गीतकारहरू छायामा पर्ने भन्दै दुःख पनि व्यक्त गरे ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise