२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : प्रकृति

shivam cement
२०८२ साउन १७ गते ०६:००
Shares
कविता : प्रकृति

–सत्यजीत

पहाडको काँधमा बसेको जून
तल बग्दै छ सरर नदीको धुन
गगनको निलो क्यान्भासमा
घामले कोरेको, सुनौलो जुन ।।

हरियो डाँडामा, नाच्छ घामको झल्को
पाखामा रमाइरहेछ, बाख्राको झुन्डको लर्को
वनमा हरियालीको लहर
चिरबिर गर्दै उड्छ चरी, छरपस्ट स्वप्नको सहर ।

साँझ पर्दै जाँदा मन्द समीर बग्छ
पिपलको पातसँग सुस्केरा सँगै जाग्छ ।
धरतीको मुटुमा, लय छ र सङ्गीत
कहिलेकाहीँ मौनता पनि गाउँछ गीत ।

पानीको थोपा जस्तै जीवन बगिरहेको
सगरमाथाको काखमा इतिहास लुकेको ।
प्रकृतिको नवरंगी रंगले सजिएको छ चित्र,
जसले मन छुन्छ, बनाउँछ गहिरो मित्र ।

हे मनुष्य !
के तिमी देख्दैनौ यो दृश्य ?
जहाँ, प्रेम छ, शान्ति छ,
र प्रकृतिको, विष्मयमय शृंखला विशिष्ट ।
संवेदनामा प्रकृतिको भाव नबुझे
के लेखिन्छ साहित्य ?
बाँच्नका लागि विज्ञान होस्,
तर, हृदयको भाषा ?
प्रकृति हो, सत्य ।

सम्बन्धित खबर