२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कविता : बिहानीको खबर

Nada
२०८२ साउन १० गते ०६:००
Shares
कविता : बिहानीको खबर

–अमानव 

ncell

त्रिशुलीमा बस खस्दा
मृत्यु हुनेको संख्या यति जना
घाइते यतिको सनाखत ।

काठमाडौँ फर्कँदै गर्दा
बसले ओभर टेक गर्न खोज्दा
मोटरसाइकल बसमा ठोकिँदा
चालकले मदिरा सेवन गरेको खुलासा ।

एकै परिवारको हत्या 
प्रेमीद्वारा प्रेमिकाको हत्या
बलात्कारपछि हत्या 
छोराले आमाको
साथीले साथीको
बाबुद्वारा छोरी बलात्कृत
आपसी बैमनस्यताले
लोभ लालचले हत्या
छोराद्वारा बाबुको हत्या
पतिद्वारा बन्चराले प्रहार गरी हत्या 
दाइजो नलेराएकोले कुटपिट गरी हत्या

दैनिक खबर
मृत्यु, हत्याको रगतको मसीले लेखिन्छ
कागज रुन्छ
कोलाहल गर्छ
प्रत्येक पटक त्यस्तो अक्षर
आफूमा खोपिँदा
त्यसले आफ्नो पृष्ठभूमिमा भरिँदा
उसको मुहार मलिन हुन्छ
उ चाहँदैन की
उदास हुन, दुःखी हुन 
समाज बेथिति होस्
उ पनि चाहन्छ
हाँस्न, खुसी हुन
खुसी बनाउन ।

ताजा खबर

सम्बन्धित खबर