ललितपुर : गुरु पूर्णिमाका अवसरमा आईकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटले बृहत् कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा डोजाेका कराते खेलाडी तथा प्रशिक्षकले खेल प्रदर्शनसहित गुरु पूर्णिमा मनाएका हुन् ।
आईकेओ क्योकुशिनकाई कराते नेपालका ब्रन्च चिफ शिहान दिपक लामा, कराते प्रशिक्षक सेन्सेई समीर श्रेष्ठ, सेन्सेई उत्तम स्थापित सहित डाेजाेका प्रशिक्षणमा रहेका खेलाडीहरुको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा मन्तव्य राख्दै शिहान दिपक लामाले खेलाडीहरुलाई निरन्तर उत्कृष्ट खेल प्रदर्शनका लागिसफल हुन प्रेरित गर्दै शुभकामना व्यक्त गरे ।
त्यस्तै आईकेओ क्योकुसिनकाईकान नेपालका प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले गुरु पूर्णिमाले खेलाडीहरु र प्रशिक्षकहरुबीच आत्मियता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । श्रेष्ठले खेलाडीहरुकाे क्षमता विकास, उत्कृष्ट खेलाडीहरुकाे उत्पादनका लागि अनुशासित भएर खेलाउन, जिम्मेवार र सिर्जनशील प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु तयार पार्न जिम्मेवारीपूर्वक लागिपर्ने बताए ।
डाेजाेका प्रशिक्षक राज उत्तम स्थापितले खेलाडीहरुलाई सधैं उत्साहित भएर खेल्ने वातावरणका लागि आफू सधैं जिम्मेवार भएर प्रस्तुत हुने बताए । उनले प्रतिभावान, क्षमतावान र इच्छाशक्ति भएका अनुशासित भएर खेल्न चाहाने नयाँ खेलाडीहरुलाई डाेजाेमा स्वागत गर्न सधैं तत्पर रहेको बताए ।