दोहा । कतार एयरवेज एयरलाइन्स रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ । साथै, एयरलाइनले मध्यपूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ ।
कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेश्रो पटक हो, जसको मुख्य श्रेय एयरलाइनको क्युसुइट सेवालाई जान्छ ।
एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन उद्योगको सर्वश्रेष्ठ एयरलाइनलाई सम्मानित गर्दै आइरहेको छ । एयरलाइन रेटिङका सम्पूर्ण विधाका अवार्ड उड्डयन क्षेत्रका दक्ष एवं अनुभवी विज्ञहरूको विस्तृत मूल्यांकन तथा मापदण्डका आधारमा दिइने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies