२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते १४:१८
महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौं : नेपालले सन् २०२६ मा इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार ग्लोबल छनोट प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुने जनाएको छ ।

यो प्रतियोगिता नेपालले अहिलेसम्म आयोजना गर्न लागेको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ ।

ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ती टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् भने त्यहाँबाट उत्कृष्ट चार टोलीले महिला टी–२० विश्वकपका लागि स्थान बनाउनेछन् ।

विश्वकप छनोटमा बंगलादेश र आयरल्याण्डले सन् २०२४ को विश्वकपमा सहभागिता जनाएकाले ग्लोबल छनोटका लागि स्वतः स्थान पाएका छन् ।

एसिया क्षेत्रीय छनोटबाट नेपाल र थाइल्याण्ड, अमेरिका क्षेत्रबाट अमेरिका, अफ्रिका र युरोपबाट दुई–दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीले स्थान बनाउनेछन् ।

ADV

सम्बन्धित खबर

Advertise