२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

टप एन्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट

shivam cement
२०८२ साउन २२ गते ११:५१
Shares
टप एन्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट

काठमाडौं : यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी-२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेस्ट भएको छ ।

आज बिहान सातदोबाटोस्थित स्पोर्ट्स साइन्स एण्ड रिसर्च सेन्टर एन्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेस्ट भएको हो ।

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन् ।

अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो ।

नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी-२० आई श्रृंखला खेल्दैछ ।

ताजा खबर

सम्बन्धित खबर