२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

नजिकिए चाडपर्व, बजारमा बढेन चहलपहल

shivam cement
छबि सापकोटा
२०८२ साउन २६ गते ०६:१५
नजिकिए चाडपर्व, बजारमा बढेन चहलपहल

काठमाडौं : नेपालमा महत्वपूर्ण चाडपर्व सुरु भएको छ । तर बजार चलायमान हुन सकेको छैन । विगतका वर्षमा समेत आर्थिक मन्दीको असरले गर्दा व्यापार कम भएको थियो । यो वर्ष पनि गत वर्षकै जस्तो अवस्था रहेको व्यवसायीहरू बताउँछन् । 

काठमाडौंको मुख्य व्यापारिक क्षेत्रमा नै चहलपहल छैन । यसबेला होलसेल कपडा व्यवसायीले दसैं र तिहारका लागि व्यापार गर्न भ्याइनभ्याइ हुनुपर्ने हो तर न्युरोडमा व्यवसायीहरू यतिबेला फुर्सदिला देखिन्छन् । महाबौद्धका व्यवसायी महेश थापा कोरोनापछि बजारमा चहलपहल नभएको बताउँछन् । थापा भन्छन्, ‘विगतका वर्षमा समेत सोचेजस्तो व्यापार भएको थिएन, यस वर्ष राम्रो हुन्छ कि भन्ने आशा थियो तर चाडपर्वको समय सुरु हुदाँसमेत व्यापार छैन । यस्तै हो भने अब धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आउँछ ।’

चार्डपर्वको सिजन सुरु हुँदै गर्दा न्युरोड, महाबौद्ध, असनदेखि भोटाहिटी क्षेत्रमा पसलहरू व्यापार छैन । 

१० वर्षदेखि असनमा व्यापार गर्दै आएकी लक्ष्मी श्रेष्ठ पछिल्लो दुई÷तीन वर्षमा व्यापार हुने मुख्य समयमा पनि चहलपहल नभएको बताउँछिन् । किन्न आउनेहरू समेत धेरै बार्गेनिङ गर्ने र महँगो भन्ने गरेको श्रेष्ठ बताउँछिन् । 

आर्थिक मन्दीको असरले गर्दा मानिसहरू मनोबल बढ्न नसक्दा अधिकांश क्षेत्रको व्यापारमा बढ्न सकेको छैन । नेपाली हिन्दुहरूको महत्वपूर्ण चाड दसैं आउन अब ६ साता मात्र बाँकी छ । तर चाडपर्व सुरु हुदाँसमेत बजारमा चलायनमान नभएको देख्दा व्यवसायी चिन्तित छन् । यसबेला राम्रो व्यापार गरेर तिहारका लागि नयाँ आइटम अडर गर्ने बेलामा दसैंका लागि ल्याएको लत्ताकपडा नै बिक्री नहुँदा व्यवसाय गर्नेहरूमा निराशा देखिन्छ ।

नेपाल राष्ट्रिय व्यवसायी संघका संस्थापक अध्यक्ष नरेश कटुवालले अहिले व्यवसाय गरेर भाडा तिर्नसमेत कठिन रहेको बताउँछन् । कटुवाल भन्छन्, ‘आर्थिक मन्दीबाट अर्थतन्त्र माथि उठन सकेको छैन । अझै मन्दीकै अवस्था छ । सरकारले व्यवसायी र आमनागरिकको मनोबल बढाउने गतिविधि नगर्दा बजारमा शिथिल छ ।’ 

उनले भने, ‘कोरोना महामारीका कारण थला परेका व्यवसायी कति पलायन भए भने अब कति अझै पलायन हुने हो थाहा छैन । यस वर्षसमेत व्यापार नहुने हो भने व्यावसाय बन्द गरेर कति जनालाई त विदेश जानुपर्ने अवस्था आउन सक्छ ।’ 

आर्थिक मन्दीको असरले गर्दा अन्य व्यवासायमा समेत अझै असर गरेको छ । व्यापार नै कम हुन थालेपछि पसलको भाडा नै तिर्न समेत गाह्रो हुने अवस्था आइरहेको व्यवसायी बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise