२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

उल्लेख्य संख्यामा शून्य लागतमा कामदार पठाएको आकर्षण इन्टरनेशनल २०औं वर्षमा

ADV
२०८१ साउन २ गते ०६:४५
उल्लेख्य संख्यामा शून्य लागतमा कामदार पठाएको आकर्षण इन्टरनेशनल २०औं वर्षमा

काठमाडौं : आकर्षण इन्टरनेशनल प्रा.लि. स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । सिनामंगलस्थित उक्त कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेख्य संख्यामा नेपालीहरुलाई शून्य लागतमा वैदेशिक रोजगारमा पठाउँदै आएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा आकर्षणले २ हजार ४ सय ८७ पुरूष तथा २ सय २९ महिला गरी २ हजार ७ सय १६ जना कामदारलाई कुनै पनि खर्च नलाग्ने न्यायोचित भर्ना प्रक्रियाबाट रोजगारीका लागि मलेसिया पठाएको थियो ।

प्रा.लि.का अध्यक्ष विष्णुबहादुर केसीले पूर्णरूपमा शून्य लागतमा नेपाली कामदारहरु रोजगारीका लागि मलेसिया पठाएको जानकारी गराउन पाउँदा खुशी लागेको र गौरवको महसुस भएको बताए ।

नेपाल सरकारले २०७२ सालबाट फ्रि भिसा, फ्रि टिकटको नीति कार्यान्वयन गरेको हो । तर त्यसभन्दा पहिले नै आफूहरूले शून्य लागतमा कामदार पठाएको भन्दै अध्यक्ष केसीले केही कठिनाइहरू रहेको भएपनि नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउँदा निःशुल्क र पारदर्शी भर्ना प्रक्रियाले पठाउनुपर्ने मान्यतामा आकर्षण अडिग रहने बताए ।

शून्य लागतअन्तर्गत पठाउँदा कामदार विदेश जाँदा लाग्ने भिसा, टिकट, मेडिकल, बीमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष आदिका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने जाने गाडी भाडा, खाना, बस्नको व्यवस्थापन र राहदानी बापतको शुल्कसमेत कामदार विदेश जानुअघि नै भुत्तानी दिने गरिन्छ । यसरी पठाउँदा श्रमिकहरुको सम्पूर्ण हक अधिकार र सुरक्षाको प्रत्याभूति हुनुका साथै उनीहरू मानसिकरूपमा पनि तनावमुक्त रहने अध्यक्ष केसी बताउँछन् ।

आकर्षणले वैदेशिक रोजगारीका लागि मलेसियामा कामदार पठाउँदा श्रमिकहरुको समग्र पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूबाट मान्यता प्राप्त रोजगारदाता कम्पनीहरुबाट मात्र मागपत्र ल्याउने गरेको भन्दै अध्यक्ष केसीले फ्रि भिसा, फ्रि टिकटको विवरण वैदेशिक रोजगार विभागमा बुझाइ कामदारका परिवार तथा सबै सरोकारवालाहरूलाई त्यसको जानकारी दिन तयार रहेको बताए ।

कम्पनीले एक विज्ञप्तिमार्फत शून्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारीमा नेपाली जाँदा उनीहरूको घर परिवारमा आर्थिक भार नपर्ने मात्रै नभइ राज्यको ढुकुटीमा समेत उल्लेखनीय टेवा पुगिरहेको भन्दै शून्य लागत नीतिअनुसार कामदार पठाउने म्यानपावर संस्था र न्यायोचित भर्ना प्रक्रियामा लागेका सरोकारवाला संस्थाहरुलाई सरकारले हौसला र दक्षतासम्बन्धी अभिवृद्धि गराउन मन्त्रालय र वैदेशिक रोजगार बोर्डमार्फत आवश्यक सहयोग पु¥याउन जरुरी रहेको बताएको छ ।

आकर्षणले २०औं वार्षिकोत्सवका अवसरमा जोरपाटीस्थित अपांग पुनस्र्थापना केन्द्रमा आश्रित बालबालिकालाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वको जिम्मेवारीअन्तर्गत उक्त सहयोग प्रदान गरिएको अध्यक्ष केसीले जानकारी दिए । सहयोग वितरण कार्यक्रममा प्रा.लि.का सञ्चालक तथा प्रबन्ध निर्देशक मिलन थापासहित प्रा.लि.का कर्मचारी सहभागी रहेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise