२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

Nada
सत्यराज सिंह
२०८२ साउन २९ गते १४:०८
Shares
घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

बझाङः बझाङको छविसपाथिभेरा गाउँपालिका– १ का जनप्रतिनिधि र कर्मचारीले लाभग्राहीको घर र टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन गरेका छन् । 

ncell

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नुपर्ने प्रावधान भएपछि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त व्यक्तिहरूलाई वडासम्म पुग्न असहज हुने गरेको भन्दै उनीहरुले लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न थालेका हुन् ।

बिहानदेखि साँझसम्म वडाका विभिन्न बस्ती, टोल र घरमा पुगेर नवीकरण कार्य भइरहेको वडा सचिव सुरेस बोहराले बताए । उनले भने, ‘शनिबारको दिनमा समेत हामी यसै अभियानमा सक्रिय छौं । कार्यालय समयमा सर्भर डाउन हुने र सेवाग्राहीलाई टाढाबाट आउन कठिन हुने भएकाले टोलटोलमै पुगेर काम गरेका हौ ।’

साउन १३ गते देखि वडाका पाँचवटा स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको वडा अध्यक्ष करनजंग बहादुर सिंहले बताए । टोलटोलमा पुगेर गरिएको नवीकरणले जनतालाई ठूलो राहत मिलेको उनले बताए । अनिवार्य राष्ट्रिय परिचयपत्र र स्वयम् उपस्थित हुनुपर्ने जस्ता कारणले असहज महसुस गरेका लाभग्राहीलाई यो अभियानले सहज बनाएको उनको भनाइ छ ।

जेष्ठ नागरिक भत्ता नवीकरणको लागि आएकी गुरैलथुम टोलकी ९२ वर्षीया उजली धामीले वडामा जान गाह्रो पर्ने भएकाले घरमै भत्ता नविकरण गरिदिँदा सजिलो भएको बताइन् । उनले भनिन्, ‘यो उमेरमा वडासम्म जान गाह्रो पर्छ । अब घरमै आएर भत्ता नवीकरण गरिदिँदा धेरै सजिलो भयो, सबैलाई धन्यवाद छ ।’

ताजा खबर

सम्बन्धित खबर