२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

नेपालले जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड’

shivam cement
२०८१ साउन २ गते १९:३०
Shares
नेपालले जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड’

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड’ जितेको छ । २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो ।

नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो । आईसीसीले नेपाली क्रिकेटको रिच फेसबुकमा ४०० प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । यस्तै नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक संञ्जाल फेसबुकमा उक्त अवार्ड हासिल गरेको उल्लेख गरेको छ ।

क्यानका सचिव पारस खड्काले यसलाई क्रिकेटलाई माया गर्ने लाखौं दर्शक र क्यानको सामूहिक प्रयत्नको प्रतिफल भनेका छन् । क्यानको डिजिटल रणनीतिले नै दशर्कलाई क्रिकेट खेलको नजिक ल्याएको खड्काको भनाइ छ ।

आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ । आफ्नो एसोसियट सदस्यले क्रिकेटको विकाशमा हात पारेको सफलताका आधारमा यी अवार्डहरु आईसीसीले दिने गरेको छ ।

‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ मेक्सिकोलाई, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दि इयर अवार्ड’ ओमानलाई, ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दि इयर अवार्ड’ नेदरल्यान्ड्सलाई, ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दि इयर अवार्ड’ यूएईलाई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दि इयर अवार्ड’ स्कटल्यान्डलाई प्रदान गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर