२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

हिमालयन गोल्डकप विजेताले तीन लाख पाउने

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १८:१६
हिमालयन गोल्डकप विजेताले तीन लाख पाउने

काठमाडौंः हिमालयन फुटबल क्लब (एचएफसी) को आयोजनामा हिमालयन फुटसल गोल्डकपको दोस्रो संस्करण भदौको तेस्रो सातामा हुने भएको छ ।

कुल ३२ टोलीको सहभागिता रहने हिमालयन गोल्डकप काठमाडौंमा आगामी भदौ १२ गते र १३ गते हुने भएको हो । आयोजक हिमालयन फुटबल क्लवले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दियो । नकआउटका आधारमा हुने उक्त प्रतियोगिताको खेल चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा हुनेछन् । 

हिमालयन क्लबका अध्यक्ष विनोद कार्कीले उपत्यका बाहिरका टोलीका लागि खाना र बस्ने व्यवस्थासहित सहभागिता गराइने बताए । उनले पोखरा, धरान, बुटवल र चितवनका टोलीले सहभागिताका लागि चासो देखाएको बताएका छन् ।

हिमालयन सचिव विद्या दंगालले नेपाली खेलाडीहरूलाई धेरै एक्सपोजर दिने लक्ष्यले नै यो प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै प्रतिष्पर्धात्मक खेलहरू हुने विश्वास व्यक्त गरेका छन् । मलेसियामा रहेको हिमालयन फुटबल क्लबको फ्रेन्चाइज टोलीका रूपमा नेपालमा पनि यो क्लबले काम गरिरहेको छ । पहिलो संस्करणको विजेता आयोजक नै हो । खुला प्रतियोगिता भएकाले हरेक टोलीले विदेशी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीलाई टोलीमा राख्न पाउने आयोजकले जनाएको छ । यो नेपाली फुटसलमा सर्वाधिक धनराशिको प्रतियोगिताका रहेको आयोजकले दाबी गरेको छ ।

हिमालयन गोल्डकपको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । फेयर प्ले टोलीले २० हजार, बेस्ट प्लेयर र बेस्ट गोलकिपर १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस प्रतियोगिता आयोजनाका लागि करिब २० लाख खर्च हुने अनुमान गरिएको छ । यसको विजेता टोलीलाई मलेसियामा आयोजना हुने प्रतियोगितामा सहभागी गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise