२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

साफ यु-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते ०७:४१
साफ यु-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौँ  : भुटानमा जारी साफ यु-१७ महिला च्याम्पियनसिप नेपालले चौथो खेल आज बंगलादेशसँग खेल्दै छ।

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले पराजित भएको थियो ।

नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा छ अंंकसहित बंगलादेश दोस्रो स्थानमा छ । भारत नौ अंकसहित शीर्ष स्थानमा छ ।

यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन् । नेपालले पर्सि शुक्रवार भारतसँग र आउँदो आइतवार भुटानसँग खेल्ने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise