२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

काभा यू-२० महिला भलिबल : पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित

ADV
मध्यान्ह
२०८१ साउन ४ गते १२:२३
काभा यू-२० महिला भलिबल : पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौँ : सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो । श्रीलंकासँग नेपाल पहिलो सेट श्रीलंकाले २५–२० ले पराजित भएको थियो भने खेलको दोस्रो सेट नेपालले २६–२४ ले जितेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यसपछि खेलको तेस्रो सेटमा २५–११ ले गुमाएको नेपालले चौथो सेट पनि २५–१८ गुमाएसँगै नेपाल पराजित भयो । अब नेपालले आज बेलुका कीर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise