२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

ADV
मध्यान्ह
२०८१ साउन ४ गते १५:५८
महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं : एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको दाम्बुल्ला इन्टरनेशनल स्टेडियममा भएको खेलमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन जोडिन् । ३९ बल खेलेकी उनले २ चौकाको सहयोगमा ३६ रन जोडेकी हुन् । कभिषा इगोडेगले २२ रनको योगदान दिँदा समीरा धर्नीधर्काले १३ तथा कप्तान इशा ओजाले १० रन जोडिन् । यसबाहेक यूएईका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिइन् । यस्तै सबनम राई, कविता जोशी र क्रीतिका मरासिनीले समान एक-एक विकेट लिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise