२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

प्रेम सापकोटाको ‘काली पसम कि’ सार्वजनिक 

Nada
किस्ना आचार्य रोशनी
२०८१ साउन ४ गते २१:२३
Shares
प्रेम सापकोटाको ‘काली पसम कि’ सार्वजनिक 

काठमाडौं : हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज पर्वलाई लक्षित गर्दै सर्जक गायक गायिकाहरुले तिज विशेष गीतहरु सार्वजनिक गरिरहेका छन् ।

ncell

विशेषत नारीहरुको पर्व मानिने तिजमा एक विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका दुःख या सुखका अनुभूतिहरुलाई गीतको माध्यमबाट आफ्ना साथीसंगी जम्मा भएर आफ्ना माइतीहरुलाई सुनाउने या आफूलाई मन परेका जोडीहरुले (श्रीमान, श्रीमतीले समेत) एक अर्काको प्रशंसा गर्दै आफ्नो मनोभावना व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको हो । 

यसैक्रममा सर्जक तथा गायक प्रेम सापकोटा सोनुले ‘काली पसम कि’ बोलको तिज गीत सार्वजनिक गरेका छन् । पछिल्लो समय तिज गीतहरुमा धेरै जस्तो माया पिरतीका कथा देखिँदै आएको समयमा सोनुले विशुद्ध तिज पर्वको मर्म बोकेको गीत सार्वजनिक गरेका हुन् ।

एउटा चेलीले माइती छोडेर अर्काको घरमा गएपछि उसले भोग्नु परेको दुःख, पीडा र परिस्थितिलाई म्युजिक भिडियोमा देखाइएको छ । सोनुको लय तथा शब्द सिर्जना रहेको यस गीतमा लोकप्रिय गायिका शान्तिश्री परियारले आफ्नो सुमधुर स्वर भरेकी छन् ।

गीतको कथा÷नृत्य निर्देशन जेरी भण्डारीको रहेको छ भने राजेश घिमिरेको छायाँकन रहेको छ । नवीन घर्तीमगरले सम्पादन गरेको यस गीतको भिडियोमा स्मारिका ढकालले अभिनय गरेकी छन् । अभिनयमा स्मारिकालाई जोन बम ठकुरीले साथ दिएका छन् ।

विगत लामो समयदेखि आफ्नो स्वर, शब्द र संगीतका विभिन्न माध्यमबाट सांगीतिक यात्रामा लागेका गायक प्रेमका थुप्रै गीतहरू सांगीतिक बजारमा उपलब्ध छन् । हाल वैदेशिक रोजगारिको सिलसिलामा प्रेम जापानमा रहेका छन् ।


ताजा खबर

सम्बन्धित खबर