
काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरु टुंगो लागिसकेको बताए । प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको बताए । पार्टी एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी, सुवास काफ्ले लगायतको पार्टीहरुसँग पार्टी एकता हुने बताए ।
अब एकता गर्न ढिलाइ गर्न नहुने र ढिलो भए राष्ट्रिय राजनीतिमा आफूहरुको पहलकदमी ढिलाइ हुने बताए । देश झन झन अराजकता र संकटतिर गइरहेको बताए । मिल्नसक्ने जतिलाई मिलाएर पहलकदमी नलिए निर्वाचन हुन नसक्ने अवस्था रहेको बताए । नेकपा (माओवादी केन्द्र) नफुट्ने दाबी गरे । पार्टीका नेता जनार्दन शर्माको तौरतरिका अराजनीतिक, अलोकतान्त्रिक भएको आरोप लगाए ।