२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै प्रधानमन्त्री

shivam cement
२०८२ कार्तिक १६ गते ०९:४८
Shares
सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन् । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेका हुन् । 

सम्बन्धित खबर