२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

अपांगता भएका व्यक्तिलाई नागरिकता

shivam cement
कृष्ण तिवारी
२०८२ कार्तिक १६ गते २०:५७
Shares
अपांगता भएका व्यक्तिलाई नागरिकता

रौतहट : जिल्ला प्रशासन कार्यालय गौर रौतहटले अपाङ्गता भएका व्यक्तिलाई टैम्पुमै पुगेर नागरिकता वितरण गरेको छ । गौर नगरपालिका–४ टिकुलिया गाउँका लक्ष्मीनारायण राउतलाई जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मनिष झा र नायब सुब्बा रामनरेश साहले जिल्ला प्रशासन कार्यालय अगाडि टैम्पुमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

शारीरिक रूपमा पूर्ण अशक्त राउत प्रशासन कार्यालयसम्म आउन असमर्थ भएकाले टेम्पुमै पुगेर नागरिकता प्रदान गरिएको नायब सुब्बा साहले बताए । उनले भने, ‘हामीले मानसिक तथा शारीरिक रूपमा पूर्ण अशक्त नागरिकलाई नागरिकता उपलब्ध गराएका हौं । उहाँले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।’

प्रमुख प्रशासकीय अधिकृत मनिष झाका अनुसार जिल्लाका अन्य स्थानीय तहहरूमा पनि यस्तै अवस्था भएका नागरिकहरूलाई गाडीमा अथवा सहज ठाउँमै पुगेर नागरिकता वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

नागरिकता प्राप्त गर्दै लक्ष्मीनारायण राउतले टेम्पुमै नागरिकता पाउँदा खुसी व्यक्त गरे । 

वडाबाट आवश्यक कागजात तयार गरी प्रशासन कार्यालयमा प्रक्रिया पूरा गरिएपछि १० मिनेटभित्रै नागरिकता उपलब्ध गराइएको नायब सुब्बा साहले जानकारी दिए ।

उनका अनुसार, नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नपाएका कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएका अशक्त नागरिकहरूको पहिचान गरी प्रशासनले सहजीकरण गरेर नागरिकता वितरणको कार्य अघि बढाइरहेको छ ।

सम्बन्धित खबर