
काठमाडौं : नेपाल एसबिआई बैंकका सञ्चालक समिति अध्यक्षमा वेंकट वंसीधर कुंचा नियुक्त भएका छन् । बैंकको संचालक समितिको गत शुक्रबार बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक कुंचालाई बैंक संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।
कुंचाले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अध्यक्ष वेंकट वंसीधर कुंचा, एसबीआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्छन् ।