
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमा शुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २ सय २० जना अभिकर्ताहरू, विभागीय प्रमुख प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो । साथै, सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।