२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

जेनजी आन्दोलनमा खटिएका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

shivam cement
२०८२ कार्तिक १७ गते १४:३१
Shares
जेनजी आन्दोलनमा खटिएका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

काठमाडौं : प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा खटिएका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र झडपका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगको अनुसन्धानलाई सहयोग गर्न यो निर्देशन जारी गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई कार्तिक १६ गते पत्र लेख्दै तत्कालीन इन्चार्जहरूलाई उपत्यकामा नै रहने व्यवस्था मिलाउन भनेको छ ।

आयोगले आइतबारदेखि सोधपुछ र अनुसन्धान सुरु गरेको छ । पत्रमा भनिएको छ, “जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि जुनसुकै बेला बोलाउन सक्ने भएकाले उनीहरूलाई उपत्यका नछाड्ने व्यवस्था गर्न अनुरोध छ ।”

जेनजी आन्दोलनका क्रममा भएका झडप, प्रहरीद्वारा प्रयोग गरिएको बल र त्यसबाट भएको क्षतिको अनुसन्धानका लागि आयोगले प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार र आवश्यक विवरण लिने कार्य अघि बढाएको छ ।

ADV

सम्बन्धित खबर