२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

कोरिया पठाउन ढिलाइ गरेको भन्दै इपिएस कोरिया शाखा घेराउ

shivam cement
२०८२ कार्तिक २० गते १४:४५
Shares
कोरिया पठाउन ढिलाइ गरेको भन्दै इपिएस कोरिया शाखा घेराउ

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा पास गरेपनि दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । 

भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समेत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखा घेराउ गरेका हुन् ।

सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् ।

कोरियामा कामदार पठाउन थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हारहारीमा नेपालीहरु कार्यरत रहेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर