२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

विभागले शनिबारदेखि नियमित सेवाबाटै पुनः श्रम स्वीकृति दिने

Nada
२०८२ कार्तिक २१ गते ०६:१५
Shares
विभागले शनिबारदेखि नियमित सेवाबाटै पुनः श्रम स्वीकृति दिने

काठमाडौं : वैदेशिक रोजगार विभागले आगामी शनिबारदेखि नियमित सेवाबाट पुनः श्रम स्वीकृति दिने भन्दै श्रम स्वीकृतिपछि मात्रै हवाई टिकट लिन आग्रह गरेको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै पुनः श्रम स्वीकृतिको आकस्मिक सेवा बन्द गरी पूर्ण रूपमा अनलाइनमार्फत हुने बताएको हो ।

ncell

विभागले दशैं, तिहार, छठलगायतका चाडपर्व र बिदाका कारण टिकट एवं आकस्मिक परेको प्रमाण संलग्न राखेर निवेदन दिएमा आकस्मिक सेवा अन्तर्गत पुनः श्रम स्वीकृति दिँदै आएको थियो ।  

हाल चाडपर्व एवं लामो बिदा पनि सकिसकेको अवस्थामा कार्यालयमा सेवाग्राही उपस्थित भई आकस्मिक सेवाबाट पुनः श्रम स्वीकृति दिँदा श्रम स्वीकृति शाखाको काममा अत्यधिक  चाप बढिरहेको भन्दै विभागले आफ्नो श्रम स्वीकृति शाखावाट प्रदान गरिने सेवा प्रवाहलाई  पूर्ववत् रूपमा अनलाइनमार्फत गर्ने बताएको हो ।

विभागले सेवा प्रवाह चुस्त, दुरुस्त र प्रभावकारी बनाई सेवाग्राहीलाई छिटो, छरितो, झन्झटरहित सेवा दिने सरकारको नीतिअनुसार काम हुने बताएको छ । विभागको श्रम स्वीकृति शाखाबाट प्रदान गरिने सेवा पूर्णतः अनलाइन प्रणालीमा आधारित रहेकाले  विभागबाट बोलाएको अवस्थामा बाहेक विभागमा आउन नपर्ने निर्देशक टिकाराम ढकालले जानकारी दिए ।

सम्बन्धित खबर