२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

तोडफोड र आगजनीमा संलग्न समूहबाट सतर्क रहनू : पूर्वमन्त्री गुप्ता

Nada
लालबाबु बानिया
२०८२ कार्तिक २५ गते २०:१०
Shares
तोडफोड र आगजनीमा संलग्न समूहबाट सतर्क रहनू : पूर्वमन्त्री गुप्ता

पर्सा : नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजकुमार गुप्ताले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको प्रशंसा गरेका छन् ।

ncell

छिपहरमाई गाउँपालिका कमिटीले आयोजना गरेको गाउँपालिका स्तरीय सभामा प्रमुख अतिथि रहेका गुप्ताले भने, ‘केपी ओली कुनै साधारण नाउँ होइन, उहाँ एक ब्रान्ड हो, विकास, राष्ट्रवाद र स्वाभिमानको प्रतीक हुनुहुन्छ ।’ गुप्ताका अनुसार केपी ओलीकै नेतृत्वमा देशले स्थायित्व, भौतिक पूर्वाधार र राष्ट्रिय पहिचानमा नयाँ उचाइ हासिल गरेको छ ।

पूर्वमन्त्री गुप्ताले जनतालाई भ्रममा पार्ने, तोडफोड र आगजनीमा संलग्न समूहबाट सतर्क रहन आग्रह गर्दै भने,‘एमाले जनताको पार्टी हो, यसले कहिल्यै देश र जनताका हितविरुद्ध काम गर्दैन ।’ उनले एमालेको मुख्य लक्ष्य सुशासन, रोजगारी सिर्जना, समृद्ध अर्थतन्त्र र सबल राष्ट्र निर्माण रहेको पनि बताए । 

गुप्ताले थप थपे,‘हामी सबै एमालेका कार्यकर्ताहरूले गाउँदेखि केन्द्रसम्म संगठनलाई सुदृढ बनाएर केपी ओलीको हात बलियो बनाउनुपर्छ । देशको विकासको सपना पूरा गर्न ओलीकै नेतृत्व अपरिहार्य छ ।’

कार्यक्रममा केन्द्रीय सदस्य अरविन्द सिंह, पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रम नेकपा (एमाले) छिपहरमाई गाउँपालिका कमिटीका उपाध्यक्ष किशोरी साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश सदस्य वीरेन्द्र प्रसाद यादव, सलाउदिन अहमद, राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष सुभास साह, जिल्ला कमिटी सदस्य कालु दादा, वडाअध्यक्ष मौजिलाल साह, महेन्द्र साह कलवार, पूर्व वडाअध्यक्ष राजबली यादव, बिनोद साह, साथै स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्बन्धित खबर