२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

'मदरसाहरूको उचित व्यवस्थापन र धार्मिक तथा आधुनिक शिक्षामा जोड दिनुपर्छ'

Nada
इसत्याक अहमद
२०८३ मंसिर ७ गते २१:३६
Shares
'मदरसाहरूको उचित व्यवस्थापन र धार्मिक तथा आधुनिक शिक्षामा जोड दिनुपर्छ'

काठमाडौं : नेपालमा सञ्चालित मदरसाहरूको उचित व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा धार्मिक र आधुनिक शिक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्ने विषयमा काठमाडौंमा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जमिअत उलमाए नेपाल र मदरसा संघ नेपालको कार्यालयमा आयोजित उक्त कार्यक्रममा मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मददिन अली, राष्ट्रिय सभा सदस्य एवं जमिअत उलमाए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्धिकी तथा मदरसा संघ नेपालका अध्यक्ष मुफ्ती मोहम्मद कारी हनिफलगायतले मदरसाहरूको वर्तमान अवस्था, समस्या र सुधारका उपायबारे आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका मदरसा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मददिन अलीले मदरसाको प्रकृति र पहिचानअनुसार धार्मिक तथा आधुनिक दुवै प्रकारको शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले नेपालका मदरसाहरूले लामो समयदेखि आर्थिक अभाव, शैक्षिक पूर्वाधारको कमी तथा गुणस्तरीय शिक्षाको चुनौती सामना गर्दै आएको उल्लेख गरे ।

मदरसाहरू पनि राज्यका शैक्षिक मेरुदण्डका रूपमा रहेकाले तिनको संरक्षण, विकास र उचित व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । देशभर सञ्चालित मदरसाहरूको हकहित सुनिश्चित गर्न तथा व्यवस्थित रूपमा सञ्चालन गर्न राज्यले आवश्यक कानुनी व्यवस्था गर्दै मदरसा शिक्षा ऐन ल्याउनुपर्ने उनले बताए ।

त्यसैगरी, राष्ट्रिय सभा सदस्य एवं जमिअत उलमाए नेपालका अध्यक्ष सिद्धिकीले मदरसाहरूको मौलिक पहिचान र धार्मिक शिक्षालाई कायम राख्दै आधुनिक शिक्षालाई समेत समान प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । उनले मदरसाहरूलाई समयअनुकूल र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मदरसा संघ नेपालका अध्यक्ष मुफ्ती मोहम्मद हनिफले संघ स्थापना भएदेखि हालसम्म संघले गरेका विभिन्न गतिविधि, उपलब्धि तथा मदरसाहरूले भोग्दै आएका समस्याबारे विस्तृत जानकारी गराए । उनले मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक तथा शैक्षिक पहिचानसँग मदरसाहरू प्रत्यक्ष रूपमा जोडिएकाले तिनको संरक्षणसँगै आधुनिक शिक्षाको विकास पनि अपरिहार्य रहेको बताए ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले देशभरका मदरसाहरूलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्न सरकार, मुस्लिम आयोग तथा सम्बन्धित संघसंस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

मदरसाहरूको पहिचान संरक्षण, धार्मिक तथा आधुनिक शिक्षाको समन्वय र राज्यस्तरबाट उचित व्यवस्थापन सुनिश्चित गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर