२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

युएईको भिसा अझै बन्द !

Nada
२०८२ कार्तिक २८ गते १२:०४
Shares
युएईको भिसा अझै बन्द !

काठमाडौं : युएईले करिब दुई महिनाअघिदेखि अघाेषित रूपमा नेपाली कामदारलाई राेकेकाे भिसा जारी नगर्ने काम यथावत् राखेको छ। भदौ अन्तिम साता नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले अघोषित रूपमा नेपाली कामदारका लागि भिसा बन्द गरेको थियो ।

ncell

बिहीबार अर्थात् १३ तारिकदेखि कामदारको भिसा जारी भएको केही वैदेशिक रोजगार व्यवसायीहरूले बताएका थिए, तर अन्य केही वैदेशिक राेजगार व्यवसायीले पुरानो निर्णय यथावत् रहेको बताएका छन् । युएईस्थित नेपाली दूतावास स्रोतले नियन्त्रण र कडाइका साथ विस्तारै भिसा खुलाउने युएई सरकारका तर्फबाट अनाैपचारिक जानकारी आएको, तर सबै क्षेत्रकाे भिसा जारी नभएको जानकारी आएको बताएको छ ।

अर्ध सरकारी र फ्रि जाेन क्षेत्रकाे भिसा जारी हुने क्रममा पहिलेका भन्दा सहज भएकोले अन्य क्षेत्रको पनि छिट्टै खुला हुने अपेक्षा गरिएको पनि दूतावास स्रोतले बतायाे । त्यस्तै भिजिट भिसामा युएई गएकाहरूको पनि भिसा स्टाटस परिवर्तन नगर्ने निर्णय यथावत् रहेको बताइएको छ ।

सम्बन्धित खबर