२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कात्तिकमा धेरै कामदार पठाउनेमा नीलकमल पहिलो, साउन्डलाइन्स दोस्रो र एसओएस तेस्रो

Nada
२०८२ मंसिर ४ गते ०६:२०
Shares
कात्तिकमा धेरै कामदार पठाउनेमा नीलकमल पहिलो, साउन्डलाइन्स दोस्रो र एसओएस तेस्रो

काठमाडौं : अघिल्ला महिनाहरूभन्दा तुलनात्मक रूपले थोरै कामदार वैदेशिक रोजगारमा गएको कात्तिक महिनामा नील कमल ह्युमन रिसोर्स प्रालि २ सय १९ जना कामदार पठाएर कात्तिक महिनामा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको शीर्ष स्थानमा परेको छ । यसैगरी साउन्डलाइन्स रिक्रुटमेन्ट सर्भिस प्रालि १ सय ६६ जना पठाएर दोस्रो तथा एसओएस म्यानपावर सर्भिस प्रालि १ सय ६२ जना पठाएर तेस्रो स्थानमा रहेका छन् । 
अन्य महिनाहरूमा सात दर्जन हाराहारीमा म्यानपावर कम्पनीले एक सय बढी कामदार वैदेशिक रोजगारमा पठाएकोमा कात्तिक महिनामा एक सय जना भन्दा बढि कामदार पठाउने म्यानपावर १७ मात्रै रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

ncell

कात्तिक महिनामा धेरै कामदार पठाउने कम्पनी :

नील कमल ह्युमन रिसोर्स प्रालि– २१९
साउन्डलाइन्स रिक्रुटमेन्ट सर्भिस प्रालि– १६६
एसओएस म्यानपावर सर्भिस प्रालि– १६२
इन्डेक्स रिक्रुटमेन्ट प्रालि– १५१
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालि– १४६
मोभिरा एचआर सर्भिस प्रालि– १४०
द रिभर ओभरसिज प्रालि– १३९
एससिसी म्यानपावर कम्पनी प्रालि– १२९
भिजन एण्ड भ्यालु ओभरसिज प्रालि– १२७
मोन्टेज ओभरसिज प्रालि– ११४
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि–  ११२
एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रालि– ११२
मिनावा रिक्रुटमेन्ट एचआर प्रालि (इशामान म्यानपावर प्रालि)– १०७
आयुष ओभरसिज प्रालि– १०३
अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि– १०२
अक्सफोर्ड इन्टरनेसनल प्रालि– १०२

सम्बन्धित खबर