२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

एनपिएलमा लुम्बिनीको विजयी सुरुवात

shivam cement
२०८२ मंसिर ४ गते १९:४७
Shares
एनपिएलमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि गुलबदिन नैबले अविजित ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ४४ बलमा एक चौकाको सहयोगमा ३९ रन बनाए । 

ओपनर सन्दीप जोराले २८ रन बाउँदा डीएर्सी सर्टले ११ रन बनाए । दीलिप नाथ १० रन बनाएर रनआउट भए । चितवनका रिजन ढकालले दुई विकेट लिए । सोहेल तान्विरले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनाएको थियो । चितवनको सुरुवात भने सुखद् रहेन । कूल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवी बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे । 

१५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवी वोपरा भने अर्धशतकी पारी खेले । उनी ६६ रनमा आउट भए ।

यस्तै देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए ।

बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान दुई–दुई विकेट लिए ।
 

ADV

सम्बन्धित खबर