– एसराज पिसी
नहुनु पर्नेलाई पनि यति मान भयो ।
एक पत्थर मन्दिरमा भगवान भयो ।
अन्त्य हुनु भनेको अस्तित्व सकिनु रहेनछ ।
तारा टुट्दा पनि कसैलाई बरदान भयो ।।
हिजो मुटु दिएकै बदला प्राण मागिरहेछ ।
बहुत महँगो माया लगाइएछ भान भयो ।
म एक शिशा रहेछु उ एक पत्थर रहेछ ।
एक ठक्करमै भाग्य सँग चिनजान भयो ।।
संसार जित्छु भनेर घर छोडी हिँडेको छोरो
पारी डाँडा नकट्दै लखतरान भयो ।
अब हामीलाई कस्ले पाल्छ ए ! कालेका बा
छोरी बिहे गरेर गइ छोरो जवान भयो ।।
कि हामी अझै अन्धविश्वासमा बाँचीरहेका छौँ ।
नत्र भगवान् भए किन चट्टान भयो ?
उता मलाई सम्झेर निदाउनुस् भनेर उ गई
यता उसैलाई सम्झिदा सम्झिदै बिहान भयो ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies