२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

एनपिएलः सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध ब्याटिङ गर्दै

shivam cement
२०८२ मंसिर ५ गते १५:५२
Shares
एनपिएलः सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध ब्याटिङ गर्दै

काठमाडौंः राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौं गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूवात गरेको थियो ।

यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर