
काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलको नाममा दोस्रो अर्धशतक लेखिएको छ । उनले आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा ३२ बलमा ५३ रन बनाएर अर्धशतक पूरा गरेका हुन् ।
यसअघि उनले विराटनगर किङ्गसविरुद्ध पनि अर्धशतक हिर्काएका थिए । यस्तै चितवन राइनोजका रवि बोपराले पनि जारी प्रतियोगितामा दुई अर्धशतक प्रहार गरिसकेका छन् । जारी प्रतियोगितामा हालसम्म आठ खेलाडीले अर्धशतक हानेका छन् ।
भुर्तेलसहित बोपरा, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किङ्गसका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल र जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक प्रहार गरेका हुन् ।