२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथनको उपाधि

shivam cement
२०८२ मंसिर ६ गते २०:०८
Shares
खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज : नेपाली सेनाका खडकबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार नेपालगन्जमा भएको म्याराथनमा खडक दुई लाख र पूर्णलक्ष्मी नगद ७५ हजार नगदसहित ट्रफी र पदकले पुरस्कृत भए ।

म्याराथनमा ४२.१९५ किलोमिटर पुरुष खुला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गत वर्षको रेकर्ड ब्रेक गर्न सफल भए । उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । 

यसमा नेपाली सेनाकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । उनी नगद एक लाख र पदकबाट पुरस्कृत भए । तेस्रो स्थान आउन सफल नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । उनी ५० हजार नगद र पदकबाट पुरस्कृत भए । 

हाफ म्याराथन महिला २१ किलोमिटरतर्फ सेनाकी पूर्ण राज्यलक्ष्मीले एक घण्टा २१ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पुरा गरी प्रथम स्थान हासिल गर्दा नेपाल एपिएफ क्लबकी फूलमती रानाले १ घण्टा २७ मिनेट २२ सेकेन्ड, जुम्लाकी सुनदीवा बुढाले १ घण्टा २७ मिनेट ३९ सेकेन्ड, पुष्पा आचार्यले १ घण्टा ३५ मिनेट १ सेकेन्ड, अमिता राईले १ घण्टा ४७ मिनेट २९ सेकेन्डको समय निकाल्दै शीर्ष पाँच स्थान हासिल गरे । उनीहरु क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद तथा पदकले पुरस्कत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो । यसअघि उनले पाँचौं संस्करणमा उपाधि जितेकी थिइन् ।

१० किलोमिटर रोड रेसमा पुरुषतर्फ नेपाल पुलिस क्लबका नागेश्वर अहिर (३१ः४२ः३१), नेपाल एपीएफ क्लबका रुपेश कार्कीले (३१ः४९.०५) र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका (३१ः५७.४२) र महिलातर्फ कल्पना बुढा(३७ः१८.०७), दीपा परियार(३८ः१०.८९), सुनदेवा बुढा (३८ः४३.३१), सुमित्राकुमारी चौधरी (३८ः५०.२२), देवकी कुमारी(४०ः४३.८२), अर्जेन्टिनाकी एलियना जर्केलिस (४०ः५५.२८)को समय निकाल्दै शीर्ष स्थान हासिल गरे ।

कर्पोरेट रनतर्फ डा. रामकृष्ण लामिछाने, डा. विश्वनाथ शर्मा, प्रहरी निरीक्षक पदम थारु, नारायणप्रसाद बस्याल, नवीन शर्मा पौड्यालले शीर्ष पाँच स्थान हासिल गरे ।

नेपालगन्ज म्याराथन आयोजक कमिटीले यस वर्षदेखि विद्यालयस्तरमा दौडको लोकप्रियता बढाउन स्थापना गरेको ‘नेपालगन्ज ट्रफी’ यस वर्ष एन्जल्स स्कुलले हात पारेको छ । सर्वाधिक दर्ता गराउने विद्यालयलाई यो ट्रफीबाट सम्मानित गर्ने आयोजक कमिटीको पुर्वनिर्धारित निर्णयअनुसार एन्जल्स स्कुल छनोटमा परेको हो । कार्यक्रमका प्रमुख आकर्षण महानायक राजेश हमालले स्कुलकी निर्देशक विवेचना मल्ललाई ट्रफी हस्तान्तरण गरे । एन्जल्स स्कुलबाट एक सय दश जनाले भाग लिएका थिए ।

बाँके जिल्लास्तरीय स्कुल दौडमा छात्रातर्फ दीपशीखा शाही, ज्ञानदेवी महतारा र अप्सरा बम तथा छात्रतर्फ अरविन्दकुमार यादव, अरमन अहमद दर्जी र किरण रोकायले शीर्ष तीन स्थान हासिल गरे ।

किड्स रनतर्फ ब्राइटल्यान्ड स्कुलका नमांसु थापामगर, सगरमाथा ज्ञानकुन्जका सुजन शाही र ब्राइटल्याण्डकै निकेस फडाराले क्रमशः शीर्ष तीनको स्थान हासिल गरे ।

ह्वीलचेयर दौडमा पारसराम बढई, राजेश हरिजन, मनकुमारी परियारले शीर्ष तीन स्थान हासिल गरे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्र्पका सिईओ प्रदीप छाजेड, महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईंटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी अभियन्ता रक्षा बम, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलिया, एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाँडेकाजीलगायतले पुरस्कृत गरे ।

म्याराथनका अवसरमा तयार गरिएको नेपाल रनिङ अंक ३ बिशेषांक सार्वजनिक गरियो । महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईंटेल, मिस नेपाल २०२३ सृच्छा प्रधान, ओलम्पियन दीपक बिष्ट, साग दोहोरो स्वर्णधारी दीपक श्रेष्ठले म्यागजिन सार्वजनिक गरे । विशेषांकमा रनिङ सम्बन्धी आलेख समावेश गरिएको छ । एम्स दूत तथा नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीदेखि बर्लिन म्याराथनका संस्थापक हडर्स मिल्डेदेखि बाङ्सेन रनिङ सिरिज (थाइल्यान्ड)का प्रमुख रुटका साथै टाटा मुम्बई म्याराथनदेखि कोसिस म्याराथन हुँदै सिकागो म्याराथनका सिओओ माइक निसीसम्मका आलेख राखिएको छ ।

यसअघि नेपालको प्रतिष्ठित प्रकाशन गृह फाइनप्रिन्टसँगको सहकार्यमा नेपालगन्ज कनक्लेभ भएको थियो । कनक्लेभ र म्याराथन हरेक वर्ष स्तरोन्नति गर्दै जाने अध्यक्ष टीएस ठकुरीले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर